कृष्ण कला वनेम - गीत

किन होला यो छातीमा यती धेरै ब्यथा
गीत बनाई सुनाई दिउकी मेरा जीवनकथा

उजाड देख्छु जताततै बसन्तको याम पनि
उदाएन जिन्दगीमा कहिल्यै न्याँनो घाम पनि
गह भरी आँसु लुकाई हाँस्न खोज्दा मैले
बिरहले छोपी दिन्छ यो तन मन जहिले
किन होला यो छातीमा ……………………………

योगेन्द्र राज शर्मा - यस्तो सपना देख्छु


तिमीले मलाई खोल्यौ कि
बन्द गर्न भुल्यौ कि
यस्तो सपना देख्छु
सपनामा भेट्छु
विपनामा तड्पिन्छु
डराउँछु, कराउँछु

टंक सम्वाहाम्फे - मृत्यु श्रृंखला

यता अलिकति बाँडिदै उता अलिकति चुडिदै
सम्झेर पुन बिर्सदै
हतारमा जीवन
मर्दैछौं हरेक दिन
क्रमश हिजो...आज...भोलि...पर्सी

कृष्णकला वनेम - गजल

ईवा सिरान, ह्वाकु छेउमा, रातभरी चल्यो गोली
बुढी आमा, रुदा रुदा, भिज्यो गुन्यू चोली

आकाश पताल, चारतिरको, आक्रमण थ्यो बरै
करुण स्वरमा, सुने एउटा, आमा भन्ने बोली

पवित्रा राई - बैगुनी हौ तिमी

संगै जीउने बाच्चा त होइन गारो भयो सहन्न
किन आयौ मेरो छाती भरी दु;खै दु;ख बिसाउन
बैगुनी हौ तिमी सधै हाँस्दै खेल्दै खोज्छौ रुवाउन

सावारा योङ्हाङ - २०६९ को नव बर्ष

उल्लासमय
वातावरणमा हर्ष बिभोर भएर्
खुशिको दिबश मनाउदै मनाउदै
यस फिजोस चारै दिसा तृकाल झै

रुपेस रार्इ - शीर्षक नै आएर

नियमित कार्यालय
बाटोमा। चर्चा हुन्छ, हाम्रो घर। बुहारीहरूको उपद्रव
जस्तो गाउँमा। भाले जुझाइ साँझमा, दम्पतीहरू।

गीत - कृष्णकला वनेम


कति बाँच्नु जिन्दगी आँसुसंग रुझेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर

भेट्टाउँदिन गोरेटो
पाईला जता मोडे पनि

गजल - सावारा योङ्हाङ लिम्बु

कठैछैन संसारमा च्म्किने तारा मेरो ।
परेलिमा छेकिन्न आशुका धारा मेरो । ।

तृकाल दर्शी खुशीहरु अ्मरहोस भन्थे ।
दैबले नि सुनेन बियोगिको नारा मेरो । ।

जोकर - दिव्य गिरी

जोकर !
बादशाहको खुट्टा ढोग्छ
मिमको खुट्टा मल्छ
गुलाम त उसैको मित्र !
जोकर !
बास्सा, मिम र गुलामको